नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु


नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक प्याराग्लाइडिङ खेलाडीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका छन् । उनको खेलकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको बेलामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको बताइएको छ ।१०० मिटरमाथिबाट खसेर घाइते भएका उनलाई उपचारको लागि मेट्रो सिटी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *