वैश्विक भोकमरी सूचकांकमा नेपाल दक्षिण एसियाको दोस्रो स्थानमा
वैश्विक भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स)मा १२१ देशको वरीयतामा नेपाल ८१ औं स्थानमा रहेको छ । सन् २०२२ को ग्लोबल हंगर इन्डेक्समा नेपाल ८१ औं स्थानमा रहेको हो । गत वर्ष ११६ देशको वरीयतामा नेपाल यो सूचकांकको ७६औं स्थानमा थियो ।
नेपालको अवस्थामा भारत, पाकिस्तान र बंगलादेशको भन्दा राम्रो देखिएको छ । भारत १०७औं, पाकिस्तान ९९औं, बंगलादेश ८४औं स्थानमा छन् । दक्षिण एसियाकै राम्रो अवस्थामा श्रीलंका छ । श्रीलंका यो सूचकांकमा ६४औं स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा कमजोर अफगानिस्तान १०९औं स्थानमा छ ।