नेपालबाट तीन/चारदिनपछि बाहिरिँदै मनसुनी प्रणाली


यो वर्ष नेपालबाट मनसुनी प्रणाली बाहिरिन केही ढिलो भएको छ । औसतभन्दा १३ दिन ढिलो भइसक्दा पनि मनसुनी प्रणाली आजसम्म नेपालबाट बाहिरिसकेको छैन ।

मौसमविद्हरूका अनुसार यो प्रणाली नेपालबाट बाहिरिन अझै केही दिन लाग्नेछ । “अझै पनि यही दिन र गते मासुनी प्रणाली बाहिरिन सक्छ भन्न सकिँदैन,” मौसमविद् हिरा भट्टराई भन्छन्, “तर, अबको तीनदेखि चारदिन भित्र नेपालबाट बाहिरिने देखिएको छ ।”

मनसुनी वायुको प्रभाव कमजोर हुँदै गइसकेको छ । जसका कारण अब भारी वा धेरै भारी वर्षा हुने सम्भावना छैन । मौसमविद् भट्टराईका अनुसार अब स्थानीय वायुको प्रभाव देखिन थाल्ने भएकाले त्यसको प्रभावस्वरुप कतैकतै सामान्य वर्षा हुनेछ । अब ठूलो बाढी र पहिरो नै आउने गरी वर्षाको सम्भावना नरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *