पहाडी भू-भागमा वर्षाको सम्भावना
आजदेखि मौसम क्रमश: सुधार हुँदै जाने भएको छ। केही साता निरन्तर वर्षा भए पनि हाल नेपालमा उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रही समान्यतया सफा रहने जनाएको छ। पहाडी भूभागका एक/दुई स्थानमा भने मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति प्रदेश १ मा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली र सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १ का एक/दुई स्थानमा भने मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।