एमाले नेता भुसालद्वारा पार्टी परित्यागको घोषणा
नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उम्मेदवार नबनाएपछि उनले पार्टी परित्याग गरेका हुन्।
रुपन्देही ३ बाट २०७४ मा निर्वाचित भएका भुसाललाई यसपटक एमालेले उम्मेदवार बनाएको छैन।
‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,’ भुसालले भनेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिता हाबी भएको भुसालको भनाइ छ।
‘केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ,’ उनले भनेका छन्।