भुजुङ हाइड्रोपावरले साधारण शेयर जारी गर्ने


भुजुङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरुमा साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिशेयर एक सय रूपैयाँ अंकित दरको पाँच लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्नको लागेको हो ।

शेयर निष्काशनका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता—पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी ५० करोड रूपैयाँ, जारी पूँजी ४३ करोड रूपैयाँ, र चुक्ता पूँजी ३२.७२५ करोड रूपैयाँ रहेको छ । सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ ।

आयोजनाको कुल लागत ३९ करोड रुपैयाँ रहेको छ । कम्पनिले आयोजनाको कुल लागतको १५ प्रतिशत अर्थात ५.८५ करोडको साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *