सन्दीप लामिछाने आज नेपाल फर्किँदै, अवतरणको पर्खाईमा प्रहरी
क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल आइपुग्ने भएका छन् । कतार एयरवेजबाट उनी १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने सन्दीप स्यमंले फेसबुक स्टाटसमाफर्त जानकारी दिएका छन् ।
उनले एयरपोर्टमा प्रहरीसमक्ष आफूलाई बुझाउने छन् । उनले प्रहरीलाई खबर गरिसकेको बताएका छन् । सन्दीपले उनले आफू एयरपोर्टमाा उत्रिँदा आफ्ना वकिल सरोजकृष्ण घिमिरेलाई पनि उपस्थित गराईदिन आग्रह गरेका छन् । आफ्नो सुरक्षालाई मध्यनजर गर्दै घिमिरेलाई उपस्थित गराईदिन फेसबुक स्टाटसमाफर्त अनुरोध गरेका छन् ।
१७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी नेपाल बाहिर छन् । इन्टरपोलले उनका नाममा रेडकर्नर नोटिससमेत जारी गरिसकेको छ ।
उनले आफू निर्दोष रहेको र आफूलाई फसाइएको दाबी गर्दै आएका छन् । नेपालको न्यायालयले आफूलाई न्याय दिनेसमेत उनले बताउँदै आएका छन् ।