माओवादीको समानुपातिक बन्दसूचीबाट हटाइयो कृष्णबहादुर महराको नाम


नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटाइएको छ।२०४८ सालदेखि निरन्तर टिकट पाउँदै आएका महराको नाम यसपाली समानुपातिक सूचीमा परेपछि माओवादी वृत्तमै उनको आलोचना भइरहेको थियो। निर्वाचन आयोगले बन्दसूचीमा रहेकाहरुको नाम सच्याउन दिएको अन्तिम समयमा महराको नाम उक्त सूचीबाट हटाइएको हो।

यद्यपि महराको इच्छाअनुसार समानुपातिकको बन्दसूचीबाट नाम हटाइएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए।

महरा २०७४ सालको निर्वाचनमा दाङबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। समानुपातिकबाट नाम हटाइए पनि प्रत्यक्षबाट चुनाव लड्ने वा नलड्नेबारे कुनै जानकारी दिइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *