भारतको कानपुरमा ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु
भारत उत्तर प्रदेशको कानपुर ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्।
ट्रयाक्टरको ट्रली घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा खसेर दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको भारतीय संचार माध्यामले जनाएका छन्।
कानपुरको जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले १४ जना महिला र बाँकी बालबालिकाको मृत्यु भएको जानकारी गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
समाचार संस्था पीटीआईका अनुसार ट्रयाक्टरमा ५० जना सवार थिए। ट्याक्टरमा सवार सबैजना फतेहपुरको चन्द्रीका देवी मन्दिरमा मुन्डन (कपाल खौरीने) कार्यक्रममा सामेल भएर घाटमपुर फर्किरहेका थिए।
घटनास्थलमै १२ जनाको र अरुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ। प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले युद्धस्तरमा घटनास्थलमा उद्धार र राहतमा जोडिन निर्देशन दिइसकेका छन्।