समिट लघुवित्तको २२ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा


समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ हजार २१५ कित्ता संस्थापक शेयर असोज ७ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

इच्छकु विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्दिूय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्नेछ ।तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री प्रकृया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *