निलम्बित प्रधानन्यायाधीश राणालाई पूरक प्रश्नका लागि समितिले डाक्यो
संसदीय महाभियोग सिफारिस समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले आज बयानको कामलाई सकाउने तयारी गरेको छ ।
बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए ।
समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।