सबैलाई टिकट चाहिएको छ, टिकट नपाउने फेन्ट हुने डर छ : माधवकुमार नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा अध्यक्ष नेपालले ‘दाबी नगरेपनि हुन्थ्यो नि’ भन्नेहरूले पनि निर्वाचनमा टिकट लिनका लागि चर्को दबाब दिइरहेको बताए ।
उनले उठेर दुई कदम पनि हिँडन नसक्ने वृद्धहरूले समेत टिकटको आकांक्षा चर्को रूपमा राखेको बताए । अध्यक्ष नेपालले ती आकांक्षीहरूमा टिकट नपाउने हो भने बेहोस् हुने होकि भन्ने आफूलाई लागेको पनि बताए ।
“सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ ।