आजबाट दशैँको लागि नयाँ नोट साट्न सुरु


दशैँको लागि आज बुधबारदेखि नयाँ नोट सटही सुरु भएको छ । राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट साट्न थालिएको हो ।

राष्ट्र बैंकका अनुसार बालुवाटारबाट एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका १-१ बन्डल गरेर १८ हजार ५ सय रुपैयाँ बराबरको नोट साट्न पाउने भएका हुन्।राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् । त्यस्तै उपत्यका बाहिर पनि असोज २ गतेबाट नै नयाँ नोटको सटही हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यस पटक १० देखि १३ अर्ब नयाँ नोट सटही हुने अनुमान गरेको छ । गत वर्ष राष्ट्र बैंकले ७ अर्ब नयाँ नोट सटही गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *