विगतका कमजोरीलाई सच्याउँदै इमानदार भएर काम गर्न निर्देशन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगरप्रहरीलाई विगतका कमजोरीलाई सच्याउँदै इमानदार भएर काम गर्न निर्देशन दिएका छन् ।
सोमबार नगरप्रहरीसँगको अन्तर्क्रिया कार्यक्रममा उनले गलत काम नगर्न निर्देशन दिएका हुन् ।ूगलत काम नगर्नु, विगतका कमजोरीलाई सुधार गर्दै इमानदार भएर काम गर्नू । पाप धुरीबाट कराउँछ भन्ने ख्याल गर्नू,ू बालेनले भने ।
बालेनले नगर प्रहरीलाई नियमित शारीरिक अभ्यास गराउन पनि सुझाएका छन् ।केही समय अघि मात्र बालेनले नगरप्रहरी प्रमुख धनपति सापकोटालाई हटाएर एसपी राजुनाथ पाण्डेलाई नगरप्रहरी प्रमुख बनाएका थिए । त्यसपछि बालेन आफैँ अवैध संरचना भत्काउने मैदानमा उत्रिएका थिए ।
बालेनको निर्देशनमा अभियान एसपी पाण्डेको कमान्डमा चलिरहेको छ ।
नगरप्रहरीले सरकारी जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काउने, फुटपाथमा व्यापार निषेध गर्नेलगायतका काम गरिरहेको छ ।