श्रृजनशील लघुवित्तको आईपिओ बाँडफाँड
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक सन्राइज क्यापिटलले सोमवार विहान उक्त आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १९ हजार ६९० कित्ता आईपीओ सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । यस आईपीओ खरीदका लागि तोकिएको अवधिभित्र १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । यी आवेदकहरूबाट १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताको खरीद माग भएको विक्री प्रबन्धकले जानकारी दिएको हो ।
कुल आवेदकहरूमध्ये १ हजार ३ सय १५ जनाको आवेदन रितपूर्वक नभएको भन्द्यै रद्द गरिएको छ । योग्य रहेका १८ लाख ३७ हजार ४३६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको हो ।माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा ३६ हजार ८५९ जना आवेदकहरूले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका कुल आवेदकहरूमध्ये १८ लाख १ हजार ८९२ जना आवेदकहरूको हात खाली भएको छ ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत विक्री गरेको समेत ३ लाख ९३ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा वितरण गरेको हो । सर्वसाधारणमा वितरण गरको कुल कित्तामध्ये ५ हजार ४७० कित्ता कम्पनीका कर्मचारीहरुको लागि र १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । कम्पनीको संस्थापकतर्फबाट तत्काल चुक्ताभएको रू. ७ करोड रहेको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड ९२ लाख ७५ हजार कायम भएको छ ।