रूस-युक्रेन युद्धका दुई सय दिन, आक्रमण र प्रतिरोध जारी


मस्कोले कीभको व्यापक प्रत्याक्रमणपछि युक्रेनको पूर्वी क्षेत्रबाट पछि हट्ने घोषणा गरिरहेका समय युक्रेनले भने आफ्नो सेनाले देशको पूर्वी क्षेत्रमा रणनीतिक नियन्त्रणबाट रुसी सेनालाई पछाडि धकेल्ने आइतबार बताएको छ ।युक्रेनको आणविक ऊर्जा निकायले रूसको नियन्त्रणमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र र द्वन्द्वको केन्द्रबिन्दु जापोरिजिया प्लान्टमा रहेको अन्तिम रिएक्टर पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।

रूसको आक्रमणविरुद्ध युक्रेनको लडाईंको गतिले मस्कोको सेनालाई सतर्क बनाएको छ, जसले रूसले महिनौं अघिदेखि नियन्त्रण गरेको क्षेत्र युक्रेनको पक्षमा ल्याएको छ ।युक्रेनी सेनाले पोस्ट गरेको तस्वीरमा रूसी सेनाले छोडेको क्षेत्रमा फ्याँकिएका हतियार र परित्यक्त सैन्य सामानका बाकसहरू छरिएको देखिएको छ ।‘खार्किभ क्षेत्रको कुपियान्स्क र इज्युम जिल्लाका बस्तीहरू मुक्त गर्ने कार्य जारी छ,’ युक्रेनी सेनाले रूसको आक्रमणको २०० दिनपछि आइतबार युद्धबारे गरेको जानकारीमा भनेको छ ।यी प्रमुख आपूर्ति र बन्दोबस्तीका केन्द्रहरू हुन् । यिनीहरू यूक्रेनको पूर्वमा रूसले आफ्नो अग्रपङ्तीको स्थितिहरूलाई पुनः एकिकृत गर्न महत्वपूर्ण छन् ।

युक्रेनले उनीहरूलाई कब्जा गर्नु खार्किभमा मस्कोको सैन्य महत्वाकाङ्क्षामा गम्भीर आघात पुग्ने सैन्य पर्यवेक्षकहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *