प्रतिनिधि सभा बैठक सर्‍यो, अर्को बैठक २९ गते बुधबार


प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका सरेको छ । आज दिउँसो १ बजे बस्ने तय भएको संघीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो । 

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै  बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिए । ‘भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *