आइएमइको चाडपर्व लक्षित आइएमई साथैमा, मोबाइल हातैम,१० लाख खातैमा अफर
आइएमइले चाडपर्वहरू लक्षित आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफरका पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ ।
बिहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका छन् । रिया फानान्सियल सर्भिस बेल्जियम र अष्ट्रेलियाबाट पैसा पठाउने विजेताले जनहीले २५ हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै सेवाग्राहीहरू कृष्णप्रसाद भुषाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शितल कुमार महतो, कृष्ण कुमार कटुवाल र मनोज मेयाङ्गबो दैनिक विजेता छनोट भएका हुन् । उनीहरुलेहरू प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।
आइएमई दसैँ अफर २०७९ अन्तर्गत आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम संचालन हुने जानएको छ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ ।
साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिने छ ।
कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित छ । उक्त अफर भाद्र १६ गतेदेखि कार्तिक १६ सम्म गरी कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।