अमेरिकामा आजबाट कोरोनाविरूद्धको खोप दिइने
अमेरिकामा आजबाट कोभिड१९ विरुद्धको खोप लगाइँदैछ ।
अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा आज खोप लगाइने छ भने, मंगलबार अरु ४२५ स्थानमा दिइनेछ ।कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप लगाउन लागिएको हो ।
पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्याइँदैछ । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने तयारी छ।
अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै आजबाटै अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।