अरुण काबेली पावरले माग्यो हकप्रद निष्काशनको अनुमति


अरुण काबेली पावरले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २०७८ कार्तिक २८ गते नै आवेदन दिएको भए पनि विद्युत नियम आयोगले प्रदान गरेको पूर्व स्वीकृतिको विवरण भदौ १२ गते बोर्डमा पेश गरेको हो ।

आयोगबाट पूर्व स्वीकृतिको विवरण पेश गरेपछि बोर्डले हकप्रदको पाईपलाइनमा कम्पनीको विवरणलाई राखेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *