श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्किए
श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् ।
देश सबैभन्दा खराब आर्थिक संकटमा पुगेपछि देश छाडेर भागेका उनी सात हप्ता पछि शुक्रबार स्वदेश फर्किएका हुन्। राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।राजापाक्षे विमानस्थलमा उत्रँदा उनलाई मन्त्रीहरू र राजनीतिज्ञहरूको समूहले भव्य स्वागत गरेको थियो । यसले श्रीलंकामा उनको राजनीतिक प्रभाव यथावत रहेको संकेत गरेको छ । विमानस्थलमा उत्रने बित्तिकै उनलाई माला लगाएर स्वागत गरिएको थियो ।
राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी कार्यालयमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए ।