‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैन्
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताव आलमलाई प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सांसदको उम्मेदवार नबनाउने बताएका छन् ।
शुक्रबार लेखक रामलाल जोशीको आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले कुनै ठाउँबाट आगामी चुनावका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गरेका हुन् ।
महामन्त्री थापाले आफूहरू पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुराहरू पार्टीबाट नहुने दाबी गरे । उनले संविधानले वर्जित गरेको काम पार्टीबाट नहुने बताए ।
‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदै छ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा मैले यो निर्णय गरेको हुँ भन्न नसक्ने निर्णय आफू आबद्ध हुँदासम्म पार्टीबाट नहुने बताएका हुन् ।