दुई दिनभित्र न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने गठबन्धन भित्र सहमति


आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा अल्झिएको सत्ता गठबन्धनले चुनावी तालमेलको प्रारुप तयार गरेको छ।

बिहीबार राति अबेरसम्म बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले आगामी दुई दिनभित्र न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने सहमति जुटाएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने र निर्वाचन जित्ने भन्दा देशलाई मिलेर अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए। उनकाअनुसार यसमा सबै दल सहमत भएका छन्।

पाँच दलको आगामी बैठकपछि प्रस्तावित प्रारुप औपचारिक रुपमा सर्वाजनिक गरिने मन्त्री कार्कीले जानकारी दिए।

उनका अनुसार गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने र यसका लागि सबैलाई न्यायपूर्ण रुपमा सिट दिने गरी छलफल केन्द्रित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *