वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना


हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकोले देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी प्रदेशका केही तथा प्रदेश १, मधेश, वाग्मती र लुम्बिनी प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *