यी स्थानमा भारी वर्षाको संभावना, उच्च सतर्कता अपनाउन आग्रह


दैलेखको ग्वाँटी र आसपासको क्षेत्रमा पछिल्ला ६ घण्टामा भारी वर्षा मापन गरिएको छ ।

सो क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नटीतटीय क्षेत्र तथा पहिरो जान सक्ने भिरालो जमिन भएका स्थानहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, गए राति दोलखा, रामेछाप नवलपरासी, सिन्धुपाल्चोक, तनहुँ, गुल्मी, धनकुटा, सप्तरी र आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *