सय सिटभन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ छैन : शेखर कोइराला


नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी संसदीय र प्रतिनिनिधि सभा निर्वाचनमा कांग्रेसले एक सय सिटभन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ नहुने बताएका छन् । उनले कांग्रेसले एक सय सिटभन्दा कम सिट लिएर निर्वाचनमा जान नहुने बताए । नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं-६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन नेता कोइरालाले यस्तो बताएका हुन् । 

यस्तै उनले गठबन्धन दलले कांग्रेसको संगठन कमजोर भएको भनेर नबुझ्नसमेत आग्रह गरेका छन्  । देशको प्रतिकूल अवस्था रहेकाले गठबन्धनलाई स्वीकारेर  निर्वाचनमा जानु परेको तर कांग्रेस कमजोर नभएको स्पष्ट पारेका छन् ।

नेता कोइरालाले कांग्रेसको प्रभाव भएका कुनै क्षेत्र छोड्न नसकिने पनि बताएका छन् । उनले भने ‘गठबन्धन दलले दाबी गर्दैमा त्यस्तो सिट छोडिहाल्ने भन्ने हुँदैन । त्यहाँ कसको संगठन कस्तो छ ? जित्ने आधार कति छ ? सबै कुराको लेखाजोखा हुन्छ, तबमात्रै सिटको बाँडफाँड हुने हो’, ।

 कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू डिला संग्रौला, रुक्मिणी कोइराला, दिनेश कोइराला, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङ्ग लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *