कांग्रेसको परिपत्र : भदौ २० भित्र प्रदेशले केन्द्रलाई उम्मेद्वार सिफारिस गर्नुपर्ने


सत्तारुढ दल नेपाली कांग्रेसले भदौ २० गतेभित्र उम्मेद्वारको नाम सिफारिस गर्न निर्देशन दिएको छ। नेपाली कांग्रेसले शुक्रबार ७७ वटै ,जिल्ला कार्यसमितिहरुलाई भदौ २० भित्र कांग्रेसका उम्मेद्वारको नाम केन्द्रमा पठाइसक्न परिपत्र गरेको हो।एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा बुँदा नम्बर एकमा उल्लेख भएबमोजिम प्रक्रिया पुर्याइ बैठक बसी आफ्नो राय समेत उल्लेख गरी जिल्ला कार्यसमितिले भदौ १८ भित्र उम्मेद्वारको नाम प्रदेश कार्यसमितिमा पठाउन निर्देशन दिएको हो।

यस्तै पार्टीले प्रदेश कार्यसमितिलाई प्राप्त नाममा आफ्नो राय उल्लेख गरी भदौ २० भित्र केन्द्रमा पठाइसक्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *