८७ दलले पाए प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मान्यता
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगबाट ८७ दलले मान्यता पाएका छन्। आयोगका ७९ दलले दर्ताको निवेदन दिएका थिए। जसमध्ये ४ दलले संयुक्त, ५ दलले एउटै निर्वाचन चिह्नमा लड्नेगरी निवेदन दिएका थिए।राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदन लगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा ७९ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम गरिएको आयोगले जनाएको छ। प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि प्रदेश १ मा ६२ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७० रहेको आयोगले जनाएको छ।
मधेस प्रदेशमा ६७ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको संख्या ७५ रहेको आयोगको विज्ञप्तिमा उल्लेख छ।
बागमती प्रदेशमा ६४ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी निर्वाचनमा सहभागी हुने दलको संख्या ७२ रहेको छ।
गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी निर्वाचनमा सहभागी हुने दलको संख्या ६६ कायम भएको आयोगले जनाएको छ।
लुम्बिनी प्रदेशमा ६० वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको संख्या ६८ र कर्णाली प्रदेशमा ५६ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी निर्वाचनमा सहभागी हुने दलको संख्या ६४ कायम भएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी निर्वाचनमा सहभागी हुने दलको संख्या ६४ कायम भएको आयोगले जनाएको छ।