निर्वाचनको पर्यवेक्षणका लागि आवेदन आह्वान


निर्वाचन आयोगले आउँदो मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आह्वान गरेको छ। पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन दिनुपर्ने आयोगले जनाएको छ।निवेदन दिँदा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्थाका कार्यसमितिका पदाधिकारीहरूको विवरण, राष्ट्रिय वा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण पेस गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ।

पर्यवेक्षण सम्बन्धमा संस्थाले तयार गरेको ब्रोसर, पुस्तिका, निर्देशिका वा अन्य कुनै प्रकाशन भए सोको प्रति, पहिले निर्वाचन पर्यवेक्षण गरेको भए निर्वाचन पर्यवेक्षण प्रतिवेदन बुझाएको प्रमाण पनि पेस गर्न आयोगले भनेको छ।

निर्वाचन सम्बन्धी कसूर गरी वा निर्वाचन आचारसंहिता उल्लंघन गरी सजाय पाएको संस्था अथवा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरेर पर्यवेक्षण नगरेका वा पर्यवेक्षण प्रतिवेदन पेस नगर्ने संस्थालाई निर्वाचन पर्यवेक्षण अनुमति नदिइने पनि आयोगले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *