प्रदीप गिरीको निधनबाट देशले असल नेता गुमायो : प्रधानमन्त्री शेरबहादुर देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनमा दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका छन् ।
‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु,’ देउवाले लेखेका छन्, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’
प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गए राति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको थियो ।