एमालेले फालेको झुटको पुलिन्दालाई एकीकृत समाजवादीले काउण्टर जवाफ दिनेछ


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको निर्वाचनपछि बिलिन हुन्छ भनेर एमालेले हल्ला फैलाइरहेको बताएका छन्।

शनिबार एकीकृत समाजवादी उपत्यका युवा विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफूहरूले बामपन्थी शक्तिहरूलाई एकतावद्ध गर्नका लागि हात अघि बढाएको भन्दै अरु दलसँग बिलिन हुने अवस्था नरहेको बताए।

स्थानीय निर्वाचनमा आफ्नो पार्टीलाई आएको मतदेखि डराएर समाजवादी अन्य पार्टीसँग बिलिन हुने एमालेले हल्ला चलाएको र त्यसमा कुनै सत्यता नरहेको उनले बताए।

उनले एमालेले फालेको झुटको पुलिन्दालाई एकीकृत समाजवादीले काउण्टर जवाफ दिनुपर्ने धारणा राखेका छन्। अध्यक्ष नेपालले गठबन्धनकै कारण स्थानीय निर्वाचनमा आफ्नो पार्टीले उल्लेख्य सफलता प्राप्त गरेकाले अबको निर्वाचनमा पनि गठबन्धनसँगै अघि बढ्ने जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *