पिपुल्स पावरको आईपीओ आजदेखि खुला


पिपुल्स पावर लिमिटेडले साउन ३१ गते (आज) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ वितरण गर्न लागेको हो ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ । यी बाहेक बाकी २२ लाख ९४ हजार ६८२ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।

यो आईपीओ छिटोमा भदौ ५ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १४ गतेसम्म विक्री अवधि लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थालाई हेर्दा कम्पनीको आईपीओ छिटो अवधि भदौ ५ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । इच्छुक खरीदकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *