गरिमा विकास बैंकको १ लाखभन्दा बढी कित्ता शेयर लिलामीमा

गरिमा विकास बैंक लिमिटेडले १ लाख ९ हजार ८११ कित्ता संस्थापक शेयर साउन २६ गतेदेखि लिलामीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उल्लेखित शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले भदौ ३१ गतेभित्र आवेदन पेश गर्नुपर्ने कम्पनीको भनाई छ । यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्रहरू असोज २ गते अपरान्ह २ बजे विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको लाजिम्पाट, काठमाडौंमा रहेको कार्यालयमा खोलिने कार्यक्रम तय भैसकेको छ ।