अबदेखि नागरिकता बनाउँदा नाम र थरमा अपमानजनक शब्द राख्न नपाइने


सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता जारी नगर्ने भएको छ । आज गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर अपमानजनक शब्दको प्रयोग गरेर नागरिकता जारी नगर्ने जनाएको हो ।

साथै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन दिइने भएको छ । पछिल्लो समय नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता जारी भएका समाचार बाहिरिएपछि गृह मन्त्रालयले अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको बताएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *