काठमाडौंको फोहोर भोलिदेखि ढुवानी गरिने


काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएको छ । ल्यान्डफिल साइट जाने सडक निर्माणको काम आजसम्म सम्पन्न गरिने सूचना प्राप्त भएको महानगरले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले जारी गरेको सूचनामा बिहीबार बिहान ६ बजेदेखि आफ्नो पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारीसाधनसम्म फोहोर पु¥याउन अनुरोध गरिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागले उक्त सडक निर्माणको काम सवारी आवतजावतका कारण कठिनाइ भएको भन्दै साउन ३ गते महानगरलाई पत्र पठाएको थियो । त्यसपछि फोहोर ढुवानी कार्य सात दिनका लागि रोक्ने निर्णय गरिएको थियो ।

महानगरले सात दिनसम्म घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *