आइतबार शेयरमूल्यमा उच्च वृद्धि भएका यी १० कम्पनी


यस साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ । आज ६१.०५ अंकले बढेर दुई हजार ७८ दशमलब ५१ विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्सेमा दुई अर्ब ७३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार कारोबार भएका कम्पनीमध्ये १० कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३६८.५० रुपैयाँमा पुगेको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेर २४७.५० रुपैयाँ र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर २७६.१० रुपैयाँ कायम भएको हो ।

त्यस्तै, आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.६८ प्रतिशतले बढेर प्रतिकित्ता १७०० रुपैयाँ पुगेको छ भने रिलायन्स फाइनान्सको शेयरमूल्य ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ । यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयरमूल्य ९.३९ प्रतिशतले बढेर प्रतिकित्ता ३३८ रुपैयाँ पुगेको छ भने बेष्ट फाइनान्स कम्पनीको शेयरमूल्य ९.२६ प्रतिशतले बढेर प्रतिकित्ता ४०७ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आइतबार रिभर फल्स पावर कम्पनीको शेयरमूल्य ९.२० प्रतिशतले बढेर प्रतिकित्ता २३१.५० रुपैयाँ पुगेको छ । यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.०५ प्रतिशतले बढेर प्रतिकित्ता २५३ रुपैयाँ र ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य ९.०३ प्रतिशतले बढेर प्रतिकित्ता ३५० रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *