प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा


प्रभु बैंक लिमिटेडले ६८ हजार ३९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । बैंकले मंगलवार सुचना जारी गर्दै यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्रीको आव्हान गर्दा आवेदन नपरेकाले सर्वसाधारणमा यो शेयर जारी गरिएको जानकारी दिएको हो ।
बैंकले शंकर लाल अग्रवालको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो । यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीब बाहेकका व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र निवेदन दिन बैंकले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *