नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आज देखि


नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आज देखि हुने भएको छ । नबिलले एनबी बैंकलाई प्राप्ति गरेसँगै असार २७ (आज) देखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको हो ।

एकीकृत वित्तीय कारोबार सञ्चालन गर्नका लागि बैंकले एक सूचना जारी गर्दै गत शुक्रबार देखि नबिल बैंक र नेपाल बंगलादेश बैंकको सम्पूर्ण बैंकिङ सेवा र कारोबार बन्द गरेको थियो । नबिलले एनबी बैंकलाई प्राप्ति गरी आजदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएपछि दुबै बैंकको सम्पूर्ण कारोबार बन्द गर्न लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *