श्रीलंका :प्रदर्शनकारीद्वारा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने
श्रीलंकामा जारी विरोध प्रदर्शनबीच आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन् । कब्जा गरेलगत्तै राजापाक्षे राष्ट्रपति भवनबाट भागेका छन् । राजापाक्षे कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन। उनी श्रीलंकामा छन् वा देश छाडेर गए छन् भन्ने खुलेको छैन ।
यसैबीच प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । यहाँ आन्दोलनकारीले उनको निजी घरमा आगजनी गरेका छन् ।
राजीनामा दिनुअघि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका थिए । श्रीलंकाको संविधानअनुसार सभामुख महिन्दा याप्पा अभयवर्धनेलाई अन्तरिम राष्ट्रपति बनाउने प्रस्ताव राखेका थिए ।