यी ९ जिल्ला आसपास भई बहने नदीहरूमा आजबहाव बढ्ने,सर्तक रहन् आग्रह
बुधवार ठूला नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले एक बुलेटिन प्रकाशित गर्दै कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती लगायतका नदीहरूमा आज बिहान गरिएको मापन अनुसार बहाव सतर्कता तहभन्दा तलै रहेको बताएको हो ।
आज दोलखा, सिन्धुपाल्चोक, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्ने अनुमान गरेको छ ।
केही नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने महाशाखाको भनाइ छ ।