यी दुई सहकारी परे कालोसूचीमा


पछिल्लो समय कालोसूचीमा पर्ने सहकारीको संख्या बढ्दो छ । कर्जा सूचना केन्द्रको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको असार १ गतेदेखि १५ गतेसम्म ६ वटा सहकारी कालोसूचीमा परेका थिए । असार २० गतेसम्म आइपुग्दा थप दुई सहकारी कालोसूचीमा थपिएका छन् ।

कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार थप कालोसूचीमा परेका सहकारीहरुमा वेलह्याम्स सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, न्युज डेभलपमेन्ट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सहकारी रहेका छन् ।

चालु आवको असार १ गतेदेखि १५ गतेसम्म कालोसूचीमा परेका सहकारीहरुमा चाँदनी बहुउद्देश्यीय सहकारी, जीवन सुन्दर कृषि सहकारी, तिरीमिरी बचत तथा ऋण सहकारी र स्मृति बचत तथा ऋण सहकारी, सरसापट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र नवराजधानी को–अपरेटिभ रहेका छन् ।

कालोसूचीमा परेका सहकारीमा चाँदनी बहुउद्देश्यीय सहकारीका सञ्चालकहरुमा रविन्द्र अधिकारी र उद्धव अधिकारी रहेका छन् । त्यस्तै, जीवन सुन्दर कृषि सहकारी संस्थाका सञ्चालकहरुमा भुवन कुमार सिञ्जली र उपेन्द्र मगर रहेका छन् ।

त्यसैगरी, स्मृति बचत तथा ऋण सहकारीका सञ्चालकहरुमा विष्णु शर्मा र देवेन्द्र श्रेष्ठ रहेका छन् । तिरीमिरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा अन्जु श्रेष्ठ, इन्द्र बस्नेत, केशव अधिकारी, लोकनाथ डल्लाकोटी, माधव कुमार सिग्देल, प्रकाश भट्ट र सुमन कुमार श्रेष्ठ रहेका छन् ।

केन्द्रका अनुसार कालोसूचीमा परेको सरसापट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकहरुमा गोपाल प्रसाद धमला, जानकी श्रेष्ठ, पदम महर्जन, संगिता कार्की, शेर बहादुर मगर र सिताराम कार्की रहेका छन् भने नवराजधानी को–अपरेटिभका सञ्चालकहरुमा अजय पण्डित, सगुन पाण्डे र सुरेन्द्र अमात्य रहेका छन् ।

त्यसैगरी, वेलह्याम्स सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकहरुमा कल्पना क्षेत्री र याम नारायण रजौरे रहेका छन् भने न्युज डेभलपमेन्ट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकहरुमा कुलमान तामाङ मुछाबाबु प्रजापति र सूर्य श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *