चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न केन्द्रिय समितिमा उठ्यो माग
नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश इन्चार्ज गणेश साहले चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न माग गरेका छन् । उनले मधेस प्रदेशको स्थानीय निर्वाचनमा पार्टीभित्रै अन्तर्घात गर्नेलाई उच्चस्तरीय छानबिन समिति बनाए कारबाही अघि बढाउनुपर्ने माग गरेका हुन् ।
उनले निर्वाचन पैसामुखी भएका कारण पार्टीभित्र अन्तरद्वन्द्व बढिरहेको भन्दै यसबारे व्यापक छलफल हुनुपर्ने उनले बताए ।
“१० उच्च नेतृत्वको उपस्थितिमा निर्मम समीक्षा गर्नुपर्छ । यसले मधेसको आर्थिक, सामाजिक क्षेत्रमा खलल पुर्याएको छ ।” उनले भने, “ निर्वाचनको अन्तर्घात गर्नेलाई उच्चस्तरीय छानबिन समिति गठन गरेर कारबाही गरियोस् ।”