महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले दिए राजीनामा,शिव सैनिकको रगत बगेको हेर्न चाहन्न


भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिए पछि उनले राजीनामा दिएका हुन्।

‘म शिवसैनिकहरुको रगत बगोस् भन्ने चाहन्न। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु। ठाकरेले सामाजिक सन्जालमा लाइभ भिडियोमार्फत् भनेका छन्, ‘पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन।’ ठाकरे त्यसलगत्तै राज्यपाल भगतसिंह कोसियारीलाई राजीनामा बुझाउन गएका थिए।शिवसेनाका विद्रोही नेता एकनाथ शिन्देसमक्ष बहमुत सदस्य रहेको बताइन्छ ।
त्यसैले उनले विधानसभामा बहुमत देखाउनुको साटो राजीनामाको बाटो रोजेका हुन् । महाराष्ट्रका राज्यपाल कोसियारीले बहुमत परीक्षण गर्न भन्दै आज ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *