ललितपुर महानगरभित्रका सडकमा पानीपुरी बेच्न प्रतिबन्ध
ललितपुर महानगरपालिकाले आजदेखि महानगरभित्रका सडकमा पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ ।
सडकको धुँलोधुँवा मिसिएको पानीबाट बनेका परिकारले विभिन्न रोगहरूको जोखिम बढेको भन्दै महानगरले ठेलागाडालगायत सडक फुटपाथमा पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो ।पानीलगायतबाट पछिल्लो समय काठमाडौं उपत्यकामा फैलिरहेको हैजा रोकथाममा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।