यौन दुर्व्यवहारको आरोप लागेका कलेज कोर्डिनेटर र शिक्षक कारागार चलान
जिल्ला अदालत काठमाडौंले यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका कोर्डिनेटर र शिक्षकलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
कलेजका शिक्षक कागेश्वरी मनोहरा नगरपालिका ७ का ५१ वर्षीय राजन कुमार पौडेल र कलेजका कोर्स कोर्डिनेटर कागेश्वरी मनोहरा ८ बस्ने वर्ष ४७ वर्षीय जनार्दन अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । पीडित छात्राका अभिभावकले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।
कलेजमा शिक्षकबाट यौन दुर्व्यवहार भएको घटना बाहिरिएपछि विद्यार्थीहरूले आन्दोलन गरका थिए । कलेजमै मिलापत्र गर्न कलेज प्रशासनले प्रयास पनि गरेको थियो । घटना बाहिर आएपछि दुवै जना फरार थिए ।