रवि लामिछानेले गरे दल दर्ता, संवैधानिक समाजवादलाई अंगीकार गर्ने


पूर्वसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । उनी राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे लगत्तै आयोग पुगेका थिए ।

पार्टीको चुनाव चिह्न घन्टी प्रस्ताव गरिएको छ । दलको सभापति आफू रहेको उनले जानकारी दिए । अरू पदाधिकारीमा देशले चिनेको नभएर देशलाई चिनेको अनुहार भएको बताए ।

दल दर्ताको निवेदन दिएपछि उनले स्वतन्त्रको माहोललाई सम्बोधन गर्न सकिने भनेर पार्टीको नाम त्यसैगरी राखेको बताए ।‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गराएका लामिछानेले संवैधानिक समाजवादलाई अंगीकार गर्ने भने पनि त्यसको थप व्याख्या गर्न चाहेनन्। ‘यसका व्याख्याहरु लामो छ। पार्टीले अंगीकार गर्ने आधारमा पनि के छ ररु नेपालमा एउटै पार्टी त छन् नि। जो जोसँग पनि मिलेका छन्’, आयोग परिसरमा उनले भने।

लामिछानेले सैद्धान्तिक विषयमा छलफल बाँकी नै रहेको बताए। तर, आफूहरुले आफ्नो पार्टीलाई पृथक बनाउन खोजेको उनको भनाइ छ। उनले सैद्धान्तिक विषय महाधिवेशनले तय गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *