काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहद्धारा चुनावी खर्च सार्वजनिक
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले स्थानीय तह निर्वाचनका क्रममा भएको खर्चको विवरण सार्वजनिक गरेका छन् । उनले चुनावमा तीन लाख चौरानब्बे हजार चार सय उननब्बे रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका हुन् । खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने भएपनि विभिन्न कारणहरूले ढिलाइ हुन पुगेको जानकारी दिएका छन् ।
खर्चविवरणअनुसार मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी भएको उनले बताएका छन् । ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ’, खर्च विवरण सार्वजनिक गर्न उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।