संसदीय समितिको बैठकमा किन गएनन् प्रधानमन्त्री देउवा ?


प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् । समितिले आज प्रधानमन्त्री देउवालाई छलफलका लागि बोलाएको थियो ।

देउवा बैठकमा अनुपस्थित हुनेबारेमा आज बिहान ८ बजे जानकारी पाएको समिति सभापति पवित्रादेवी निरौलाले बताइन् । प्रधानमन्त्रीले समितिको अपमान गरेको महसुस आफूले गरेको उनको भनाइ छ ।

बैठकमा स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी), नेपालको परराष्ट्रनीति, प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणलगायत विषयमा छलफल हुने कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *