एसपीपी ओली नेतृत्वकै सरकारले अघि बढाएको पुष्टि भैसकेको छ: विश्वप्रकाश शर्मा


सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अघि बढेको पुष्टि भएको जिकिर गरेका छन् ।

महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसद्मा बोले पनि त्यसको २४ घण्टा नबित्दै एसपीपी ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताए । उनले कूटनीतिक मर्यादाविपरीत एसपीपीमा सामेल भएर नेपाली सेना पनि पहिलोपटक विवादमा तानिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।शनिबार पाटनढोकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले एसपीपी राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *