७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना ल्यायो समृद्धि फाइनान्सले
समृद्धि फाइनान्सले मुद्धति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ ।
समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिन न्यूनतम रु ५० हजार देखि नै खाता खोल्न सकिने व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।